टाइगर कप भलिबल: एपिएफ क्लब र न्यु डायमण्डको विजयी सुरुवात

पाेखरा | माघ १, २०८०

टाइगर कप भलिबल:  एपिएफ क्लब र न्यु डायमण्डको विजयी सुरुवात तस्वीर: फाइल

पोखरा:  पोखरामा आजदेखि सुरु भएको चौथो टाइगर भलिबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन शसस्त्र प्रहरी बलको एपिएफ क्लबले महिलातर्फको पहिलो खेलमा जित हासिल गरेको छ । 


टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा सोमबारबाट सुरु भएको ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०’को पहिलो खेलमा एपिएफले नेपाल पुलिस क्लब विरुद्ध ३–२ को सेटमा जित निकालेको हो ।


चौथो संस्करणको पहिलो प्रतिस्पर्धात्मक खेलमा पुलिस विरुद्ध एपिएफ क्लबले जित निकाल्दै २ अंक हासिल गरेको छ भने नेपाल पुलिसले १ अंक प्राप्त गरेको छ ।


पहिलो सेट २५–१८ र दोश्रो सेट २५–१८ ले जितेको एपिएफले भने तेश्रो र चौथो सेट भने गुमाउन पुग्यो । तेश्रो र चौथो सेटमा टिम कम्विनेसनको अभाव देखिएको एपिएफलाई २५–१९ र २५–१८ ले जितेर खेलमा फर्किएको नेपाल पुलिस अन्तिम तथा पाँचौ सेटमा १५–१३ ले एपिएफलाई सुम्पिन पुग्यो ।


सम्पन्न पहिलो खेलमा एपिएफ क्लबकी सरस्वती चौधरी टाइगर अफ दि म्याच घोषित भइन् ।


यस्तै दोस्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यु  डायमण्ड स्पोर्टस् क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ । न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै ३ अङ्क प्राप्त गर्न सफल भएको छ ।  न्यु डायमण्ड स्पोर्टस क्लबले आर्मीलाई २५–२०, २५–१७, २४–२६ र २५–१५ ले पराजित गरेको हो । 

 तस्वीरः बसन्त शेर्पा


नेपाल भलिबल संघको स्विकृतीमा सुरु भएको चौथो टाइगर कपमा पहिलो पटक सहभागिता जनाउन भारत हरियाणा राज्यको महिला पुलिस क्लब पोखरा आइपुगेको छ । महिलातर्फ नै चन्द्रागिरी नगर पालिका न्यू डायमण्ड स्पोर्टस क्लव, गण्डकी प्रदेश संगै तिन बिभागिय टोली नेपाल पुलिस क्लब, नेपाल आर्मीको त्रिभुबन क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबको सहभागिता छ ।


त्यसै गरी पुरुषतर्फ श्रीलंकाको आर्मी टिमले पहिलो पटक सहभागिता जनाएको छ । प्रतियोगितामा हेल्प नेपाल स्पोर्टस क्लब तीन जना पाकिस्तानी खेलाडी सहित मैदानमा उत्रिने छ । पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ समेत तीन भारतीय खेलाडी सहित मैदानमा छ । तीन बिभागिय टोली नेपाली सेनाको त्रिभुबन क्लब, नेपाल पुलिस क्लब र शसस्त्र प्रहरीको एपिएफ क्लबले सहभागिता जनाएका छन् ।


प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज सोमबार दिउसो २ बजे गर्नेछन् ।


प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिव १५ हजार बराबरको एक्सटेप कम्पनीको जुत्ता प्राप्त गर्ने आयोजकले जनाएको छ ।


पुरुषतर्फको पहिलो खेल दुई विभागिय टोली एपिएफ क्लब र नेपाल पुलिस क्लबका क्लबबीच हुनेछ भने सो खेल लगतै उद्घाटन खेल सुरु हुनेछ । उद्घाटन खेल घरेलु टोली गण्डकी प्रदेश र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । 

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्